Apr
11
2009
काठमाडौं - थारू आदिवासीसागै आन्दोलनमा उत्रिएको संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समिति र नेपाल सरकारबीच सोमबार छबुादे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको छ ।
देशभरि करिब २६ लाख जनसंख्या रहेको मुस्लिम समुदायका प्रतिनिधि र नेपाल सरकारबीच दुई दिनदेखिको वार्ता निष्कर्षमा पुगेपछि मुस्लिम समुदायले चैत ३ गतेलाई आˆनो समुदायको निम्ति ऐतिहासिक दिनको रूपमा लिएको छ ।
सरकारी वार्ताटोली संयोजक तथा शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिका संयोजक ताजमोहम्मत मिया र वार्ताटोली संयोजक अनहर हुसेन फारुकीले हस्ताक्षर गर्नुभएको छबुादे सहमतिमा संविधान संशोधनदे खि राष्ट्रिय मुस्लिम आयोग गठन गर्नेसम्मका महत्वपूर्ण कुरा उल्लेख गरिएको छ ।
मुस्लिमलगायत देशका सम्पूर्ण आदिवासी, जनजाति, मधेसी, थारू, दलित, अल्पसंख्यक समुदायको आ-आˆनै विशिष्ट पहिचान भएकाले स्वतन्त्र पहिचानमा बाधा पुर्याउने वा ओझेलमा पार्ने विद्यमान संवैधानिक र कानुनी व्यवस्थालाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गर्ने, अन्तरिम संविधानको धारा ३३ मा ‘मुलुकको राज्य संरचनाका सबै अंगमा मधेसी, दलित, आदिवासी, जनजाति, महिला, मजदुर, किसान, अपाङ, पिछडिएका वर्ग र क्ष्ाेत्र सबैलाई समानुपातिक समावेशीको आधारमा सहभागी गराउने’ भन्ने शब्द थप गर्ने सहमति भएको छ ।
मुस्लिमलगायत देशका सम्पूर्ण आदिवासी जनजाति, मधेसी, थारू, दलित, अल्पसंख्यक समुदायको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक अधिकार सुनिश्चित गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने, नेपाली मुस्लिम समुदायको विविध क्षेत्रको उत्थान तथा विकास, स्थायी हज कमिटी गठन, मदरसा बोर्ड गठनलगायतका कार्य गर्न आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय मुस्लिम आयोग अविलम्ब गठन गर्ने सहमति भएको छ ।
हजरत मुहम्मद सल्लाल्लाहु श्रलैही व सल्लमको जन्मदिन एवम् मोहरम पर्वहरूमा सार्वजनिक बिदा दिनेबारेमा नेपाल सरकारले सकारात्मक रूपमा लिने र आगामी समयमा जनगणना गर्दा मुस्लिमलगायत देशका सम्पूर्ण आदिवासी जनजाति, मधेसी, थारू, दलित, अल्पसंख्यकलगायतका समुदायको छुट्टै सांख्यिक र अन्य विवरण स्पष्ट हुने गरी जनगणना गरिने भएको छ ।
देशको शान्ति प|mक्रियालाई निष्कर्षमा पुर्याउन तथा जनमुखी संविधान निर्माण गर्न नेपालको सम्पूर्ण मुस्लिम समुदायको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ ।
सिंहदरबारमा छबुादे सहमतिमा हस्ताक्षर भएपछि सरकारी वार्ताटोली संयोजक जनार्दन शर्मा ‘प्रभाकर’ ले विगतको राजनीतिक इतिहासमा शासकले मुस्लिम समुदायलाई पछाडि पारेको थियो तर यो सहमतिले मुस्लिम समुदायको पहिचानलाई स्थापित गरेको स्पष्ट पार्नुभयो ।
मुस्लिम वार्ताटोली संयोजक अनहर हुसेन फारुकी र संघर्ष समितिका संयोजक ताज मोहम्मत मियाले चैत ३ गतेको दिन मुस्लिम समुदायका लागि ऐतिहासिक एवम् महत्वपूर्ण दिनका रूपमा अंकित भएको उल्लेख गर्नुभयो । मुस्लिम समुदायले १४ गतेसम्मका लागि घोषणा गरेको बन्दका कार्यक्रम फिर्ता लिएको छ ।
यता वार्तामा सहभागी नगराइएको भन्दै नेपाल मुस्लिम समाजका कौशर शाह, इस्लामिक महिला र कल्याण संगठनका यासिबा रहमान र मुस्लिम नागरिक समाजका डा. कमहल होदा अन्सारीले आफूहरूलाई वार्तामा सहभागी नगराइएको भन्दै विरोध गरेका छन् । वार्तामा वार्ताटोलीको संयोजकसहित २० जनाभन्दा बढी नै थिए ।
Apr
11
2009
काठमाडौं - कारागारभित्रै कैदीले लागूऔषध प्रयोग गर्दछन् भन्दा पत्यार नलाग्न सक्दछ । तर अधिकांश कैदीले जेलभित्रै लागूपदार्थ सेवन गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ ।
युथ पावर नेपालले काठमाडौं, ललितपुर, कास्की, मोरङ र पर्सा जिल्लाका विभिन्न कारागारमा ३ सय ५१ जना कैदीमा गरेको सर्वेक्षणमा ३८.४६ प्रतिशतले कारागारभित्रै लागूऔषध प्रयोग गर्ने गरेको देखाएको छ । १५ वर्षसम्मकाले ४० प्रतिशत, १६ वर्षदेखि २० वर्ष उमेर समूहका ५० प्रतिशतले लागूऔषध प्रयोग गरेको पाइएको छ । २१ वर्षदेखि २५ वर्ष उमेर समूहका १० प्रतिशतले लागूअाैषध प्रयोग गर्दछन् ।
कारागारमा रहेका कैदीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिलाले लागूऔषध प्रयोग गर्ने गरेका छन् । उक्त संस्थाका अध्यक्ष ऋषिराज औझाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदी राख्नु र कारागारभित्रै कुलतमा लाग्नुले यसले भयानक स्थिति ल्याउन सक्नेतर्फ संकेत गर्नुभएको छ ।
उक्त सर्वेक्ष्ाणअनुसार कारागारमा गााजा खाने २० प्रतिशत, ब्राउनसुगर खाने २० प्रतिशत, सुईको प्रयोग गर्ने १० प्रतिशत, जे पायो त्यही प्रयोग गर्ने ५० प्रतिशत देखाएको छ । कुलतमा फसेकामध्ये ५० प्रतिशतले सुईको साटासाट गर्ने गरेको एवम् अधिकांशले सुई सफा नगरी प्रयोग गर्ने गरेको पाइएको छ ।
सर्वेक्ष्ाणमा उपचारका लागि ५० प्रतिशत विभिन्न पुनस्र्थापना केन्द्र र अस्पताल गएको बताइएको छ भने ५० प्रतिशत कतै पनि नगएको बताइएको छ । कारागारभित्रै ७५ प्रतिशतले औषधिउपचार सुविधा नपाएको बताएका छन् भने १२.५० प्रतिशत यौनशोषणमा पर्ने गरेका छन् ।
कारागारमा अधिकांश लागूऔषधि प्रयोगकर्ताले राम्रो उपचार पाए दुव्र्यसन छाड्ने बताएका छन् भने ३० प्रतिशतले कुनै प्रतिक्रिया दिएका छैनन् ।
एचआईभी यौन सम्पर्कबाट सर्दछ भन्ने थाहा भएको भए पनि एचआईभी संक्रमित आमाले बच्चालाई दूध चुसाउादा सर्दछ भन्ने कुरा धेरैलाई थाह नभएको अनुसन्धानले देखाएको छ । यौन साथीसाग ६९.२३ प्रतिशतले यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने गरेका, २३ प्रतिशतले परिस्थितिअनुसार प्रयोग गर्ने या नगर्ने थाहा हुने बताएका छन् भने ८ प्रतिशतले कण्डमको प्रयोगको बारेमा थाह नभएको बताएका छन् ।
Apr
11
2009
रसुवा - राजधानीबाट नजिकै भएर पनि पूर्वाधार विकासको अभावमा दुर्गम जिल्लाले परिचित रसुवा आर्थिक, सामाजिक तथा राजनीतिक रूपले पनि उत्तिकै पछाडी परेको छ । जिल्लाको आर्थिक विकासमा प्रत्यक्ष रूपमा जोडिएको कृषि क्षेत्रको विकासमा यहााका राम्चे पहिरो बाधक बनेको छ । जिल्लाको सर्वाङ्गण्िा विकासमा यो पहिरो रसुवाली जनताको काखीको पिलो जत्तिकै बनेको छ ।
भनिन्छ, प्राकृतिक विपत्ति यदाकदा पर्छ । तर रसुवाका बासिन्दाका लागि यो पहिरो सदाका लागि प्राकृतिक जोखिम र विपत्तिको रूपमा रहेको छ । पहिरोले जिल्लाका राम्चेको तेम्राङ, ग्राङ, मूलखर्का, याषर्ाको घोर्मु, हाकु, धैबुडको प्राङ्से, ठूलो गाउाको अर्चले, भोर्लेको खाल्चेतलगायतका सबै गाउा बगाएको छ । साथै पहिरोको सीमा जोडिएका अन्य गाविसमा पनि बगाउने क्रम यथावतै छ । पहिरोले स्थानीय बासिन्दाको आर्थिक तथा सामाजिक अवस्थामा समेत ठूलो क्षति पुर्याएको स्थानीय बुद्धिजीवीहरू बताउाछन् । जिल्ला भू-संरक्षण कार्यालय रसुवाका अनुसार जिल्लाको कुल भूभागको करिब ४० प्रतिशत भूभाग पहिरोको परेको छ ।
पााच वर्षअघि साउन ३१ गते राम्चेमा आएको पहिरोले बगाउादा तत्कालीन् शाही नेपाली सेनाका २० जना जवानको मृत्यु भएको थियो भने ७० घरपरिवार घरवारविहिन भएका थिए । पीडित परिवार हालसम्म सुकुम्बासी जीवन बिताउन बाध्य छन् ।
“पहिरो गएको पााच वर्ष भयो कतै जाने ठाउा छैन । यही पहिरोमा मर्ने दिन आउला जस्तो छ । त्यसबेला सरकारले सेनालाई छिनको छिनमा हेलिकोप्टर ल्याएर उद्धार गर्यो । हामी त हेरेको हर्यैं भयौं । आसा मरिसक्यो कसले पो के गरिदिन्छ र ?” कहालीलाग्दो अतितलाई स्मरण गर्दै निरासाको स्वरमा स्थानीय दिलाबहादुर तामाङले कहानी सुनाउनुभयो ।
त्यसो त यस्तो निरासा उहाामा मात्र होइन यी गाविसका हजारौं परिवारका सदस्य यस्तै निरासा पालेर आफ्नै भाग्यलाई धिक्कार्दै जीउन विवश छन् । तर रसुवाका सभासद् प्रेम तामाङ भने पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने आफ्नो योजना रहेको बताउनुहुन्छ । आफूले पुनस्र्थापनाका लागि केन्द्रमा पनि पहल गरिरहेको र छिट्टै सुरक्षित स्थलतर्फ लगिने योजना आफूले लिएको उहााले बताउनुभयो ।
पहिरोका कारण वषर्ात्मा मूलखर्क र राम्चेमा बाटो बन्द हुने भएकाले रसुवाको माथिल्लो भेगका १० गाविसका बासिन्दाले चर्को मुल्य तिरेर खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता रहेको छ भने यहााको धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइकुण्डमा आउने तीर्थ यात्रीहरूले समेत दुःख झेल्नु परिरहेको छ । उता ग्राङमा गएको पहिरोले गत वर्षमात्र एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । राम्चेमा गएको पहिरोसागै एकै दिनमा एकै समयमा धैबुङ-७ मा गएको अर्को पहिरोले एकै परिवारको पााच जनाको मृत्यु भएको थियो । उक्त पहिरोबाट जिल्लाका ५० घरपरिवार घरवारविहिन भएका छन् । यहााको अवस्था पनि राम्चेको जस्तै रहेको छ । यही पहिरोकै कारण रसुवाको दक्षिणपूर्वी भेगका बासिन्दाको लागि निर्माण जिवजिवे घुम्ती सडक खण्ड वर्षौंदेखि अवरूद्ध भएको छ । यसैगरी, ० ६३ भदौमा यार्स गाविसको घोर्मुमा गएको पहिरोको कारण १० जनाको मृत्यु भएको थियो भने त्यहााका १० घरपरिवार विस्थापित बनेका थिए । अर्को हाकुको पहिरोले गाउा नै जोखिममा पारेको छ भने । देशकै अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने गल्छी स्याप|mुबेसी सडक पनि रसुवाकै मुटु भएर जाने पासाङ ल्हामु राजमार्गबाट पहिरोको कारण जान नसकेका कारण जिल्लाको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको जिल्ला विकास समिति रसुवाले जनाएको छ । पहिरोकै कारण राजमार्गको रूट परिवर्तन गरी त्रिशुली नदी किनारै किनार लगिने भएपछि यहााका बासिन्दामा ठूलो निरासा छाएको छ । यहााका बासिन्दाको घरदैलोको सडक हाइवे हुने सपना पनि चकनाचुर भएको छ ।
समग्रमा रसुवाभित्र रहेको अत्यन्त ठूलो सम्भावनाहरू पूरा गर्न यी पहिरो नियन्त्रण गर्नु पर्ने जिल्ला भू-सरक्षण कार्यालयले जनाएको छ । सामान्य तरिकाले पहिरो नियन्त्रण हुने सम्भावना नभएकाले नियन्त्रणका लागि योजनाको आवश्यक पर्ने देखिन्छ । पहिरो धेरै भएको क्षेत्र राम्चे, ग्राङ तथा मूलखर्क क्षेत्रमा ज्वालामुखी विस्फोटनको सम्भावना हुनसक्छ भन्ने कुरा छिटफुट रूपमा विशेषज्ञहरूले बताएको सुन्नमा आएको छ । त्यसो हो भने त्यसको पहिचान गरेर सरकार गम्भीर हुनुपर्ने स्थानीयवासीको माग छ ।
Apr
11
2009
काठमाडौं - अर्थमन्त्री डा. बाबुराम भट्टराईले हासिलो अनुहार बनाएर दिल्ली भ्रमणमा जानुभएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नेपाल फर्किएपछि निन्याउरो भएको बताउनुभएको छ ।
दिल्लीले नपत्याएपछि उहााले केही गर्न नसक्नुभएको टिप्पणी गर्दै नयाा नेपाल निर्माण गर्न नेपाली जनता नै सक्ष्ाम भएको बताउनुभयो । ‘देश निर्माण गर्न दिल्ली, वासिङ्टन र बेइजिङ गएर हुादैन’, उहााको टिप्पणी थियो- ‘देशकै जनताले नेपालीको भविष्य बनाउनेछन् ।’उहााले नेपाली कांग्रेस बूढो भइसकेको र सो पार्टीलाई इतिहासको पाना र म्युजियममा मात्र राखिनुपर्ने बताउनुभयो । ‘बुबाआमा मरिसकेपछि दाहसंस्कार गर्नुपर्छ, नेपाली कांग्रेस पनि त्यही स्थितिमा पुगिसकेको छ’ -उहााले भन्नुभयो । ‘पुरानो संगठन र विचारलाई दाहसंस्कार गरी नयाा नेपाल निर्माण गर्न विद्यार्थी एकजुट हुनुपर्छ’ -अखिल क्रान्तिकारीद्वारा त्रिचन्द्र क्याम्पसमा सोमबार आयोजित चुनावी घोषणा सभामा उहााले भन्नुभयो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. भट्टराईले हिसाबकिताब नै नगरी अर्बपति बनेका निजी शिक्ष्ाण संस्थामाथि कारबाही गरिने उद्घोष गर्दै त्यस अभियानमा सहयोग गर्न विद्यार्थीलाई आहृवान गर्नुभएको थियो । निजी शिक्ष्ाण संस्था सञ्चालकले अटेर गरी कर नतिरेको आरोप लगाउादै नेपालमा समान शिक्षा नीति तय गर्न कर उठाएरै छाडिने उहााले दोहोर्याउनुभयो ।
उता अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुद्वारा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव शंकर पोखरेलले बुर्जुवा शिक्षा काम छैन भन्नेहरूले चुनाव देख्ने सपना देख्दै नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर भर्ना गरेको आरोप लगाउनुभयो । उहााले भन्नुभयो- ‘प्रचण्डले सरकारलाई केही दिन सकेका छैनन्, अब विद्यार्थीले परिवर्तन गर्नुपर्छ ।’ दिल्लीमा बसी हुर्केका बसेका माओवादीले दिल्लीको आलोचना गर्न नहुने बताउादै उहााले भन्नुभयो- ‘हामीले सडकमा लाठी खाादा माओवादीहरू दिल्लीको तारे होटलमा बसिरहेका थिए । अहिले नेपालको राजनीतिको बारेमा चर्को नारा दिन मिल्दैन ।’
Apr
11
2009
काठमाडौं - विगत केही वर्षदेखि अत्यधिक रुपमा भूमिगत पानी निकालिएका कारण भविष्यमा उपत्यकाको जमिन भासिने खतरा आउन सक्ने भूगोलविद्हरूले चेतावनी दिएका छन् ।
कम वषर्ा, बढ्दो वनविनाश र शहरीकरणजस्ता कारणले जमिनमुनि पानीको सतह घट्दै गएको र त्यो पनि आवश्यकताभन्दा बढी निकालिएका कारण यस्तो खतरा आउन सक्ने उनीहरूको भनाइ छ । जमिनमुनिबाट जति पानी निकालिन्छ त्यही अनुपातमा वषर्ाको पानी र नदी-तालबाट रसाएर गएको पानी जम्मा भए मात्र यसको सन्तुलन मिल्ने त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्रमुख डा. पुष्करकुमार प्रधानले बताउनुभयो ।
‘यसरी पानी जम्मा हुनलाई छ महिना लाग्छ तर उपत्यकामा बाह्रै महिना पानी निकालिन्छ । यसले ठूलै जोखिम निम्त्याउन सक्छ’ -डा. प्रधानले भन्नुभयो ।
उपत्यकामा खानेपानीको समस्या प्रत्येक वर्ष चर्किंदै गएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गोकर्ण, मनोहरा, बाासबारी, फर्पिङ, बालाजु, जोरपाटीलगायतका ठाउाबाट भूमिगत पानीको स्रोतको रूपमा डिप ट्युबवेलमार्फत पानी निकालेर वितरण गर्दै आएको छ ।
बषर्ात् नहुादा सतहस्रोतमा पानी कम भएका कारण जमिनमुनिबाट पानी निकालेर आपूर्ति गर्नुपरेको लिमिटेडको भनाइ छ । उपत्यकामा छ महिनादेखि पानी परेको छैन । दुवै स्रोतबाट आपूर्ति गर्दा समेत मागको ५० प्रतिशत मात्र आपूर्ति भइरहेको लिमिटेडका प्रवक्ता रामेश्वर श्रेष्ठले बताउनुभयो । उता लिमिटेडले बढ्दो माग पूरा गर्न नसक्दा निजी तवरबाट ट्यांकरमार्फत घरघरमा पानी पुर्याउने व्यवसायले गर्दा यो खतरा अझ बढेको छ ।
उपत्यकामा दुई दर्जन बढी यस्ता व्यवसायी छन् तर उनीहरूले दैनिक कति पानी जमिनमुनिबाट निकाल्छन् भन्ने यकिन तथ्यांक भने कसैसाग छैन । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका) ले पााच वर्षअघि नै भविष्यमा उपत्यका भासिन सक्ने चेतावनी दिइसकेको थियो । अहिले नै खतरा आइनसकेको भए पनि यही अवस्था रहने हो भने भविष्यमा ठूलै विपत्ति आउन सक्ने जाइकाले एक अध्ययन प्रतिवेदनमा उल्लेख गरेको थियो ।
Apr
11
2009
सधैं कााचको पर्दामा देखिएकै भरमा चर्चाको विषय बनेका चौथो इन्डियन आइडल सौरभी देवबर्मा, फस्र्ट रनरअप कपिल थापा र सेकेन्ड रनरअप तोर्सा सरकारलाई राजधानीबासीले शनिबार प्रत्यक्ष्ा सुन्ने र हेर्ने मौका पाए । जावलाखेल मैदानमा आयोजित इन्डियन आइडल लाइभ इन कन्सर्टमा गायक क्रान्ति आलेका साथ प्रस्तुत तीनै प्रतिभाले नेपाली दर्शकलाई खुब नचाएका थिए ।
गोर्खालीको छोरा हुा म भन्दै स्टेजमा उक्लेका कपिलले संगीतमै आफू नेपाली मूलको भएको परिचय दिएका थिए । धेरैजसो हिन्दी गीत गाए पनि क्रान्ति आलेको साथमा चर्चित गीत सरकारी जागिर गाउादै नेपाली पाराको कपिलको नृत्यले दर्शकलाई अझ हौस्याएको थियो । कपिलले स्टेजबाट गाउादै ‘खै हात उठेन, पछाडिकोले मलाई माया गरेन, नाचौं ल’ भन्दै दर्शकलाई उचालिरहेका थिए । ‘अब कुछ लभसङ गाउाछु ल’ भन्दै कहिले मै हुा डन त कहिले ओमशान्तिओम गाउादै दर्शकलाई झुमाउन सफल भएका थिए उनी । भारतको देहरादुननिवासी गोर्खा राइफल्सका जागिरे कपिलको हिन्दीमिश्रति फरक शैलीको नेपाली बोलीलाई पनि दर्शकले रुचाएका थिए ।
हल्का कालो स्लिभलेस गाउनमा स्टेजमा देखापरेकी तोर्साले भने मन्द डान्ससागै टचमी किसमी र दम मारो दमजस्ता आधा दर्जनबढी डान्सिङ गीत पस्केर दर्शकलाई नचाएकी थिइन् । तोर्साले अघिल्लो दिन मात्र क्रान्ति आलेसाग सिकेको उनकै गीत च्याङ्बा होइ च्याङ्बा प्रस्तुत गरेर नेपालीको मन जितिन् । छोटो समयको रियाजका कारण उनले पूरै भने गाउन सकिनन् । पहिलो महिला इन्डियन आइडल सौरभीलगायत कपिल र तोर्साको इन्डियन आइडलपछि यो नै पहिलो प्रत्यक्ष कन्सर्ट थियो । नेपालीझैं देखिने सौरभीको प्रस्तुतिमा पनि दर्शकले जमेर साथ
दिएका थिए ।
चैतको सुक्खा मौसममा जावलाखेल मैदान धूलोमय बनेको थियो । धेरै दर्शक मुखमा रुमाल बााधेरै पनि आफ्ना मन पर्ने कलाकारको प्रस्तुतिमा नाचेर साथ दिइरहेका थिए । कति दर्शक स्टेजवरिपरि झुन्डझुन्डमा नाच्नेहरूलाई हेरेरै रमाइरहेका थिए त कति एकटक लगाएर स्टेजका कलाकारलाई अघाउन्जेल नियालिरहेका थिए । स्टेजको दायाातर्फ शरीरको माथिल्लो कपडा पूरै उतारेका एक युवा भने आफ्नै धुनमा नृत्यमा मस्त थिए । स्टेजतर्फ पानीको बोतल फ्यााक्ने असभ्य पारालाई पनि कति दर्शकले बिर्सिएका थिएनन् । सुरक्ष्ााकर्मीको बाक्लै उपस्थिति रहेको कन्सर्टमा प्रवेशमार्गमै कडा सुरक्ष्ााव्यवस्था अपनाइएको थियो ।
Apr
11
2009
सुर्खेत - सुर्खेती महिलाहरूले संविधानसभामा महिलाहरूका हक, अधिकार सुनिश्चित गराउनका लागि सभासद्हरूलाई आइतबार वीरेन्द्रनगरमा ५२ बुादे सुझाव लिखितरूपमा बुझाएके छन् ।
महिलाहरूले राष्ट्रिय महिला आयोगलाई संवैधानिक गराउनुपर्ने, महिला हिंसाविरुद्ध उच्च स्तरीय आयोगको गठन हुनुपर्ने, शिक्षित महिलालाई पूर्णरूपमा रोजगारको व्यवस्था हुनुपर्नेलगायतका सुझावहरू बुझाएका छन् ।
यसैगरी, अन्य सुझावहरूमा सुत्केरी विदा कम्तीमा ६ महिना र स्थायी बन्ध्याकरण गर्दा १ महिनाको विदा हुनुपर्ने, राज्य प्रणालीका हरेक तहमा महिला सहभागिता ५० प्रतिशत हुनुपर्ने, सम्बन्धविच्छेद गर्दा सम्पत्ति नभई क्षतिपूर्ति दिलाउने व्यवस्था गर्नुपर्ने लगायत रहेका छन् ।
आवाज संस्थाकी कार्यक्रम संयोजक पवित्रा शाहीले सभासद्हरूले ल्याएको प्रश्नपत्रले आफूहरूका सबै समस्याको समाधान गर्न नसकेको कारण आफूहरूले लिखितरूपमै प्रश्नपत्रबाहेक खाली पेपरमा सुझाव लेखेर दिएको बताउनु भयो । सुझाव लिइसकेपछि सभासद्हरूले महिलाहरूले राखेका सुझावहरू आफूहरूले संविधानसभामा जस्ताका तस्तै लेखाई छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सभासद् कमला शर्माले सुर्खेती महिलाहरूले केबल सुर्खेतका महिलाहरूको तर्फबाट मात्र नभई समग्र देशभरकै नेपाली महिलाहरूका साझा समस्याहरू उठाएको बताउनु भयो । उहााले महिलाहरूले दिएका सुझाव संविधानमा लेखाउन आफूले मुख्य भूमिका खेल्ने पनि बताउनु भयो ।
Apr
11
2009
काठमाडौं - लामो खडेरीका कारण वैशाख महिनातिर देखिनुपर्ने सुक्खा मौसम यस वर्ष फागुन/चैतमै देखिएको छ । बढ्दो तापक्रम, नदी-नालाहरूमा पानी घट्ने क्रम तथा भूमिगत जलभण्डारमा आएको कमीजस्ता कारण यस्तो भएको विज्ञहरू बताउाछन् ।
अहिले देशले चार दशकपछिको सबैभन्दा लामो खडेरी भोगिरहेको मौसमविद्हरूको भनाइ छ । जल तथा मौसम विज्ञान विभागको मौसमी रेकर्डअनुसार काठमाडांैमा गत फेब्रुअरी महिनाको अधिकतम तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस थियो भने गत वषर् को यही महिनामा अधिकतम तापक्रम २३ डिग्री सेल्सियस थियो । त्यसैगरी विगतका वर्षहरूमा शून्यमा झर्ने गरेको जनवरी महिनाको उपत्यकाको तापक्रम यस वर्ष १ दशमलवभन्दा तल र्झन सकेन । विभागको भविष्यवाणी शाखाका प्रमुख सुमनकुमार रेग्मीका अनुसार उपत्यकाको वाषिर्क तापक्रम वृद्धिदर भने शून्य दशमलव शून्य ७ डिग्री सेल्सियस छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हिउादमा वर्षभरिमा हुने कुल वषर्ाको ५ प्रतिशत वषर्ा हुने गर्छ । तर यो हिउादमा उपत्यकामा वषर्ा शून्यप्राय छ । हिउादमा पश्चिमतिरबाट आउने मौसमी वायुको प्रवेशबाट वषर्ा हुन्छ र यस्ता मौसमी वायुको उद्गमस्थल भूमध्यसागरको आसपास हो । यसपटकको हिउादमा पश्चिमी मौसमी वायुको आगमन कम भएका कारण वषर्ा हुन नसकेको विभागको भनाइ छ । नेपालमा मात्र नभएर यो अवस्था एसिया महादेशका थुप्रै मुलुकमा आइसकेको छ । चीनका कैयौं प्रान्तमा जलसंकट घोषणा गरिएको छ ।
Apr
11
2009
निखिल अड्वानीद्वारा निर्देशित चलचित्र ‘चाादनीचोक टु चाइना’ मा उल्लेख गरिएको जुन देशमा बुद्ध जन्मेका थिए -अनुवाद) ले लगाएको आगो सेलाउन नपाउादै स्नातकोत्तर तहको पाठ्यक्रममा राखिएको पुस्तकमा नै बुद्धसम्बन्धी गलत जानकारी छापिएको कुरामा त्रिभुवन विश्वविद्याय, कीर्तिपुरमा विरोध आक्रोशको रााको उठ्यो । ऋतिक रोशन काण्डले जन्माएको पीडा अझै धेरैले बिर्सेका छैनन् । भारतबाट प्रकाशित हुने कतिपय पाठ्यपुस्तकहरुमा समेत नेपालसम्बन्धी गम्भीर त्रुटिहरु हुने गरेका छन् । अझै पनि त्यहााबाट प्रकाशित हुने कतिपय पुस्तकमा बुद्धको जन्मभूमि भारत नै भनी उल्लेख गरिएको पाइन्छ । नेपालको नक्सामा त्यत्तिकै गम्भीर त्रुटिहरु हुने गरेका छन् ।
लिटिल बुद्धबारे अझै पनि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । केही वर्षअघि बीबीसीले सुरु गरेको एउटा कार्यक्रममा नेपालसम्बन्धी अभिव्यक्त विचारका कारण बीबीसी नै आलोचित बन्न पुग्यो र प्रस्तावित कार्यक्रम नै बन्द गर्न बाध्य भयो । विश्वका कतिपय चर्चित वेबसाइटहरुमा समेत अझै पनि नेपालको राष्ट्रियगान पुरानै छ । अरु त अरु इन्टर पार्लियामेन्टरी युनियनको आधिकारिक वेबसाइटमा समेत संसद् सदस्यबारे गलत आाकडा जानकारी पस्किएको छ ।
सूचना जानकारीसम्म पहुाच भएर मात्र पर्याप्त हुादैन । त्यस्ता सूचना जानकारी त्यत्तिकै सही पनि हुनुपर्दछ । छिमेकी मुलुक भारत र अन्यत्रबाट समेत प्रकाशित प्रसारित हुने गरेका गलत सूचना जानकारीबाट विदेशी मात्र होइन, कतिपय नेपाली समेत नराम्रोसाग प्रभावित हुने गरेका छन् । संख्याको कुरामा नअल्मलिऔं, नेपालमा सञ्चालित कतिपय विद्यालयमा भारतको राष्ट्रिय गानलाई नेपालको राष्ट्रिय गानका रुपमा घोकाइने गरेकोलगायतका कटु यथार्थ धेरै नेपालीले अझै पनि बिर्सेका छैनन् । नेपालभित्रका विद्यालयहरु मा पाठ्यपुस्तक, पाठ्यसामग्रीहरुको लेखाजोखा गर्ने हो भने अझै पनि यस्ता विडम्बनापूर्ण थुप्रै घटनाहरुसाग साक्षात्कार हुन सक्छ ।
यस्ता लाजमर्दा घटनाहरुका कारण विदेशी त विदेशी नेपालीहरुसमेत गलत सूचनाको शिकार भएका छन् र त्यस्ता नेपालीले भारतीय वा अन्य विद्वान्को भनाइलाई नै ध्रवसत्य मानेर नेपालसम्बन्धी आफ्नो अवधारणा बनाउने गरेका छन्, त्यो पनि अकाट्य धारणाका रुपमा । नेपालका लागि, नेपालीका लागि योभन्दा दुःखद, लाजमर्दो, दयनीय र आत्मघाती कदम अरु हुन सक्दैन । जब नेपाल, नेपाली र नेपालका विविध पक्षबारे हाम्रो विदेशीको आाखाबाट धारणा बनाउन थाल्छौं, नेपालीको आाखाले, नेपालीको मनमस्तिष्कले त्यसलाई केलाउन लाग्दैनौं, त्यहाा कुनै पनि बेला सत्य असत्य र असन्य सत्यमा परिणत हुन्छ ।
भारतीय पाठ्यसामग्री पढ्ने कतिपयका लागि अझै पनि बुद्धको जन्मथलो भारत नै बनेको छ, नेपाल होइन । चाादनी चोक टु चाइना लामो शृङ्खलाको एउटा कडी मात्र हो । यो नियतवश भइसकेको छ वा अज्ञानताले, त्यसको लेखाजोखा समयले गर्ला । पछिलो घटनाक्रममा भारतको नयाा दिल्लीस्थित राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थानद्वारा नेपालबाट परीक्षा दिने विद्यार्थीहरुका लागि तयार पारिएको नेपाली भाषाको पुस्तकको समाचारले फेरि एक पटक सचेत बुद्धिजीवी नेपालीलाई घोत्लिन बाध्य पारेको छ ।
नेपाल सरकारबाट मान्यता प्राप्त गरेको सो संस्थानले सञ्चालन गरिरहेको कार्यक्रममा नेपालकै नाम चलेका विद्यालयहरुको संलग्नता रहेको पनि स्थितिलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । त्यो भन्दा पनि गम्भीर कुरो त सरोकारवाला एक व्यक्तिले दिएको ‘ हामीलाई किताबसाग मतलब छैन’ जवाफ त आपत्तिजनक नै छ ।
यस्ता मामिलामा नेपाल र नेपालीले सचेत हुने कि नहुने ? जिम्मेवार पदाधिकारीहरुले पनि यस्ता मामिलामा चासो राख्ने कि नराख्ने ? यो साह्रै संवेदनशील विषय हो । शिक्षा मन्त्रालयका पदाधिकारीबाट दिइएको जवाफ चित्तबुझ्दो छैन । यसमा समयमा नै सचेत हुनु आवश्यक छ ।