Business

काठमाडौँ, असार २३ - नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा कवाडी करठेक्का प्रथा तत्काल रोक्न आग्रह गर्दै ठेक्का प्रक्रिया प्रति महासङ्घकोगम्भीर आपत्ति जनाएको छ ।
काठमाडौँ, असार २२ - नेपाल राष्ट्र बैङ्कका गभर्नर दीपेन्द्रबहादुरक्षेत्रीले केही बैङ्क तथा वित्तीय संस्थामाथि राष्ट्र बैङ्कले गरेकोहस्तक्षेपले आम जनतामा वित्तीय क्षेत्रमाथि नै नकारात्मक धारणा सिर्जनागराएको बताउनुभएको छ ।
काठमाडाँ, असार २१ - नेपाल विकास बैङ्कको सेयर तथा जायजेथा तत्कालरोक्का राख्न पाटन पुनरावेदन अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले आउँदो असार २४ गतेसम्मकालागि यस्तो आदेश गरेको हो ।
बुटवल,असार २१ - उद्योग राज्यमन्त्री दानबहादुर चौधरीले नवीकरण नगरेका उद्योगहरुलाई तत्काल खारेज गर्न नहुने बताउनुभएको छ ।
दाङ, असार १६ - तुलसीपुर नगरपालिकाको कार्यालयले चालु आर्थिक वर्षो हालसम्ममा विभिन्न शीर्षकबाट रु.दुई करोड ८३ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।
काठमाडौँ, असार १४ – यो साता नेप्से परिसूचकमा ८.३२ अङ्कले ह्रास भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.६२ अङ्कले ह्रास भई अन्तिम दिन ६७०.६१ विन्दुमा पुगेको छ ।
काठमाडौँ, असार १३ - हत्या हिंसा र अपराध रोक्न पहल गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले नागरिक सञ्जालसँग सहकार्य गर्ने भएको छ ।
काठमाडौँ, असार १३ - नेपालको बजारमा भने अमेरिकी डलरको मजबुती र नेपाली मुद्राको अवमूल्यनबाट प्रभावित भएर सुनको भाउ यस हप्तामा वृद्धि देखिएकोछ । अन्तर्राष्ट्रिय बजारमा पनि राजनीतिक कारणबाट सुनको मागमा वृद्धि देखिएकाले सुनको भाउमा बढेको छ ।