नेकपा एमालेको आठौं महाधिवेशन ऐतिहासिक भनेको कस्तो हुनेछ ?
Submitted by root on Sat, 05/16/2009 - 07:41
एमाले महाधिवेशन सन्निकट छ । हाम्रो यो महाधिवेशन ऐतिहासिक महत्वको हुनेछ । हरेक महाधिवेशनहरू ऐतिहासिक महत्वका हुन्छन् भन्ने मानिसलाई लाग्न सक्छ तर मेरो भनाइमा पाँचौं राष्ट्रिय महाधिवेशनपछिको त्यतिकै महत्व राख्ने महाधिवेशन हो यो । एउटा यो महाधिवेशनले अहिलेसम्मका हाम्रा अभ्यासको व्यवस्थित, वस्तुनिष्ठ समीक्षा गर्नेछ र अर्को त्यस्तो समीक्षाबाट निकालिएका निष्कर्षरू आउने दिनमा निर्देशित हुने साझा सङ्कल्पसमेत गर्नेछ । अहिलेसम्मका हाम्रा विचारहरू र कामहरूलाई सैद्धान्तीकृत गर्दै हामीले निकालेका निष्कर्षरूको समग्र समीक्षा गर्नेछौं । हामी जनताको बहुदलीय जनवादबाट निर्देशित छौं र हामी सबै काम यसैबाट निर्देशित भएर गर्र्छौं । वास्तवमा हाम्रा विगतका काम जबजकै नामबाट भएका छन् । हामीले गरेका ती सबै कुराहरूको आज समीक्षा हुनुपर्छ । यो महाधिवेशनमा समीक्षा गर्ने प्रस्ताव गरिएको छ । त्यसो हुनाले अब जबजबाट निर्देशित हुँदै यसको सैद्धान्तिक सारतत्वलाई ग्रहण गरी यसलाई अद्यावधिक र समृद्ध बनाउँदै लैजाने काम आठौं महाधिवेशनले गर्नेछ । सँगसँगै पार्टर्ीीवनको लोकतान्त्रीकरण अनिवार्य विषय हो । मुलुक अतिवादी विचारद्वारा निर्देशित भएर सञ्चालन गरिएका अराजकतापूर्ण हिंसात्मक पक्षमा पनि जान सक्दैन र दक्षिणपन्थी यथास्थितिवादमा पनि जकडिन सक्दैन ।
आठौं महाधिवेशन विचार, सङ्गठन र कार्यशैलीमा पुनगर्ठनको महाधिवेशन हुने भनेको कस्तो हो त ?
यो महाधिवेशन पुनर्गठनको महाधिवेशन हुनेछ । यो पुनगर्ठन भनेको अमुक व्यक्ति कुनै पदबाट हट्ने र अर्को कोही व्यक्ति आउने मात्रै पुनगर्ठनको कुरा होइन । पुनगर्ठन भन्नेबित्तिकै विचारका शृङ्खलालाई पनि हामीले पुनर्व्यवस्थित गर्नुपर्छ । हाम्रो सङ्गठनात्मक कुरालाई पनि पुनर्व्यवस्थित गर्नुपर्छ । त्यसैले पार्टर्ीीवनको लोकतान्त्रीकरणको कुरा हामीले गरेका हौं । एमाले बहुपदीय प्रणालीमा गयो, फलानो नेता फलानो पदमा उठ्ने होला, फलानो, फलानो नेतासँग मिल्ने होला भनेर जुन प्रकारको चर्चापरिचर्चा बडो रोचक ढंगले आउने गरेको छ, त्यस सम्बन्धमा म के भन्न चाहन्छु भने विषयवस्तुको गहिराइमा त्यो चर्चा भएन । हामीले भनेका छौं अब सङ्गठनात्मक सिद्धान्तमा केन्द्रीयता प्रभावित होइन, जनवाद प्रभावित बनाउनुपर्छ । हामी कम्युनिस्टहरूले भन्दै आएको जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त विगतमा अनेक देशहरूमा कम्युनिस्टहरूले गरेको युद्धकालीन अभ्यास र अवैधानिक ढंगले राजनीति गर्दाका अभ्यासले लोकतान्त्रिक कार्यकालमा पनि त्यसैले निरन्तरता पाउनु उचित होइन । नीति, विधि र नेतृत्व निर्माणमा सदस्यहरूको यो सर्वोच्च अधिकारलाई कायम राख्न चाहन्छौं । हाम्रो विश्लेषण के हो भने वास्तवमा हामीले यो अभ्यासलाई त्यति प्रोत्साहन गरेनौं ।
आठौं महाधिवेशन भव्य हुने भयो होइन त ?
यो महाधिवेशनमा जनताको उत्साह अत्यधिक देखिन्छ । लाखौं मानिसको उपस्थिति हुन्छ । मैले अतिरञ्जनात्मक ढंगले भनेको होइन, हरेक ठाउँबाट २० देखि ५० हजारसम्म मान्छे आउँछन् । रुपन्देही जिल्लाबाट सवालाख जतिको उपस्थिति हुँदैछ । सबै ठाउँबाट यस्तै खालको उत्साह छ, यो महाधिवेशन सफल बनाउने काममा पार्टर्ीी अघि सारेका मुद्दाहरूमा आमजनता र कार्यकर्तामा उत्साह देखिएको छ । हामी यसरी महाधिवेशनको तयारीमा लागेका छौं ।
पार्टर्ीी आन्तरिक लोकतन्त्रका कुरा उठाउनुभयो, आन्तरिक लोकतन्त्र नभएकै कारण एमालेले विगतमा असफलता भोग्नुपरेको भन्न खोज्नुभएको हो ?
एमाले लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन चाहने पार्टी हो । अधिनायकवादी चिन्तन र अभ्यास एमालेले स्वीकार गर्दैन । हामी लोकतान्त्रिक अभ्यासको विकल्पमा जान सक्दैनौं । सातौं महाधिवेशनमा विचार, सङ्गठन र नेतृत्वमा हेरफेर भएको थियो तर यो सबै सिङ्गो कालभरि गरिएका यी हेरफेरहरूमा एमालेका कार्यकर्ताहरू बेसरोकार रहन पुगे । यस्तो अवस्थामा पार्टीभीत्र कार्यकर्ताको अपनत्व र स्वामित्व स्थापित हुन सकेन । यो स्थितिको अन्त्य गर्नुपथ्र्यो । संविधानसभा निर्वाचन भने परिस्थितिविश्लेषणमा रहेको त्रुटिको परिणाम हो । १०/१२ वर्षो हिंसात्मक व्रि्रोहले नेपाली जनताको सामाजिक मनोविज्ञानलाई आक्रान्त पारेको छ भन्ने कुराको अन्दाज गरेनौं र हिंसात्मक व्रि्रोहका कारणले पहिले बाध्यताले र पछि आदत ब्रि्रेर जनतासँगको सर्म्पर्क कमजोर हुँदै गरेको कुरालाई ख्याल गरेनांै ।
एमालेले जनताको बहुदलीय जनवादअनुरूप काम गर्न सकेन भनिन्छ नि ?
जबज २०४९ सालको पाचौं महाधिवेशनमा औपचारिक रूपमा पारित भयो । मदन भण्डारीको निधनपछि जबजको नाम राखेर हामीले जेजति काम गर्यौं । त्यो फर्केर हर्ेर्नु वा समीक्षा गर्नु जरुरी छ । एकपछि अर्को गर्दै सत्ता अवसरवादमा लाग्ने खालका अभ्यासहरू भए, सत्तामा जाने र अर्काको सत्ता ढाल्नेजस्ता काम नभएका होइनन् । २०५१ सालको लोकप्रिय सरकारलाई जसरी ढालियो हामी सत्ताको फोहोरी खेलमा लाग्दै गयौं । हामीले आमकार्यकर्ताको भावना र अभिमतलाई बुझेनौं । सातौं महाधिवेशनदेखि यता एकपटक पनि राष्ट्रिय परिषद्को बैठक बोलाएनौं । राष्ट्रिय परिषद्को गठन नै हुनसकेन । हामीले विचारलाई व्यवस्थित र पार्टर्ीीवनको लोकतान्त्रीकरण गर्नुपर्छ । पदहरू र जिम्मेवारी बाडफाँड गर्दा लोकतान्त्रिक विधिअनुरूप गर्नुपर्छ । पार्टर्ीीमटी र पार्टर्ीीताहरूको आर्थिकजीवन पारदर्शी हुनुपर्छ । यसबाट मात्रै यी सबै कुराको लोकतान्त्रीकरण हुनसक्छ । त्यसैले यो महाधिवेशनले यी सबै कुरा गर्नुपर्छ ।
नेतृत्वमा कसलाई ल्याउने निर्णय भएको छ त ?
अहिलेसम्म त्यस्तो केही भएको छैन । हामीले अहिलेसम्म कुनै औपचारिक,अनौपचारिक छलफल गरेका छैनौं । बहुपदीय प्रणालीमा जाने भनेपछि त बाहिर अड्कल अन्दाज त हुने नै भयो । हाम्रो पार्टर्ीी धेरै नाम चलेका नेता हुनुहुन्छ । लामो अनुभवभएका नेता हुनुहुन्छ । लामो समय पार्टर्ीी संलग्न भएर नेताको रूपमा धेरै जनाको अनुभव छ ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












