माया
Submitted by root on Tue, 05/26/2009 - 21:46
in
गाविन्द कोइराला वसन्त
तिम्रो मायामा बाँच्न खोजे
तिमीले नै छोडि गयौ
चट्टान जस्तो हाम्रो माया
अनायसै तोडि दियौ।
कसले लुट्यो कहाँ लग्यो
अझै मैले थाहा पाइन
सुखमा छौ या दुःखै दुःखमा
आज सम्म खवर आएन।
एक्लो भएँ, एक्लै रुन्छु
रोदन सुन्ने कोही भएन
आँसु सुक्यो, मुटु दुख्यो
दया गर्ने ईश्वर पाइन।
वियोग भित्र बाँच्न खोजे
साथ दिने कोही भएन
मन मर्यो, तन सुक्यो
जिजीविष अब रहेन।।
- Gobinda koirala
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












