बुढो बाघ र तन्नेरी सियाल
Submitted by root on Tue, 05/26/2009 - 21:47
in
बाघकै खोरमा बाघकै खोल ओढेर
बुढो बाघलाई जिस्क्याउँथिस् नि!
के होला भन्ने नगरी खियाल
तन्नेरी भनाउँदो सियाल
खुच्चिङ्ग!!! उसैको उच्छिष्ठ ख्वाएर
सन्तान पोषेको बिर्सिस्
बाठो भई बुढाको कुरा सुनिनस्
झिक्रा बालेर मुढाको आगो तापिनस
अब सधैं उपवास हुने भयो हैन?
खुच्चिङ्ग!!!
एसै पनि जुनी बित्यो उसैपनि
तेरो उमेर बराबर त जुधेरै बित्यो
मुर्दा पनि अति भए पछि जाग्छ
अब उन्मादको भूत अवश्य भाग्छ
खुच्चिङ्ग!!!
झर्ला र खाउँला भन्दै
सियालहुईयाँ मच्चाएर
वन देखि भवनसम्म
जोख्ने बेलामा धार्नी पुगेन
भ्यागुताको खेलमा जोड चलेन
खुच्चिङ्ग!!!
मतले मातेर मत्याईं चढेपछि
कहिले ब्वाँसोको पुच्छर समात्दै
वैतरणी तर्छु भन्थिस्
खहरेले नै बाटो थुनिदिया
खुच्चिङ्ग!!!
माल पाएर मात्र कहाँ हुन्छ र
चाल पनि पाउनु पर्छ
बुद्धिको पेच नकसेका
कुकुरलाई घीउ नपचेको
खुच्चिङ्ग!!!
हातको हिरा आफलेर
घातको सिसा खोजिस्
चिचि पनि पापा पनि भन्थिस
ठेट्ना मकैमा डल्लिस्
खुच्चिङ्ग!!!
अब नखाउँ भने दश वर्ष भरको शिकार
खाउँ भने मार्क्स र मावोको अनुहार
भालुको कन्पट समाइस
सौताको रीसले आफ्नै नाक कटाईस
खुच्चिङ्ग!!!
सोत्तरमा सुतेको बिर्सेर
गद्दामा उफ्रिन्थिस् नि
फोहोरमा पछारिनु पर्यो
सुंगुरलाई नरक नै मन पर्या
खुच्चिङ्ग!!!
अर्कालाई खटियाबाट खँदारेर
थाङ्ग्नामा सुताएँ भन्थिस
आफैं छिंडीको थाङ्ग्नामा निदाउनु पर्यो
गुँथ्नै नपाई पगरी अर्कालाई बुझाउनु पर्यो
खुच्चिङ्ग!!!
हिंजो साँढे थिईस्आज बैल गाडे भईस
नत्थी र सिर्कनु उसको हातमा गयो
तान्नु पर्ने बोझ चैं तेरै भागमा आयो
खुच्चिङ्ग!!!
सिसाको घरमा छु भन्ने बिर्सेर
बटुवालाई खुब ढुङ्गा हान्थिस् नि
(वाई) सियाल सेनाको नाईके भईस
टेक्ने समात्ने सबै गुमाईस्
खुच्चिङ्ग!!!
हा हा हा ...!!!
गरुड
नर्थ योर्कसायर
- outlooknepal.com(2008-12-12)
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












