सम्झनाका छारोहरु
Submitted by root on Tue, 05/26/2009 - 21:54
in
नियतिले हामी बीच सम्बन्धको पर्खाल उभ्याई दिए पनि
मन भित्रको आँखीझ्यालबाट कहिले काँही अतीतलाई नियाल्दा
तिम्रो मुहारको प्रतिबिम्बले मन भित्रको टीस मेटाउने गर्छु
मायाको खेलमा पराजित हामी हिजोका प्रेमी
आज आफ्नै एक मुठी संसारमा जति रमाए पनि
हिजोका सम्झनाहरु आजको वर्तमानमा नवीकरण भईदिदा
इतिहासको अध्यायबाट अतीतको पानामा तिम्रो विम्व खोज्ने गर्छु
अनि केही पल भएपनि त्यसमा आफूलाई भूलाउने गर्छुकतै तिमीलाई पनि मलाई जस्तै सम्झनाको मृगतृष्णाले पिरोल्छ कि कुन्नी
तर किमार्थ ढाट्या होइन,
कहिले काही एकान्तताले चिमोट्दा, अतीतको सम्झनाले मलहम लगाई दिदो रच
यो सत्य हो, हाम्रो प्रेम कुनै त्यागको उदाहरण बन्न सकेन
शायद त्यसमा अलिकति मेरो स्वार्थको महत्वकांक्षा तगारो बन्यो होला
अलिकति तिम्रो घरायसी आडम्बर गजबार बन्यो होला
अनि यिनै कारणहरुले हामी आजको यथार्थता भोगी रहेका छौं
वर्तमानमा बसेर अतीतलाई कोट्याउदै, सम्झनाका छारोहरु उडाई रहेका छौं
- गोबिन्दसिंह रावत, टोरोन्टो, क्यानाडा (2008-12-28)
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












