रोनाल्डो सर्वाधिक महंगा फुटबलर
पोर्चुगिज विङ्गर क्रिस्टियानो रोनाल्डो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर स्पेनिस क्लब रियल मेडि्रड जाने भएका छन् । विश्व फुटबलमा अहिलेसम्मकै सर्वाधिक महागा अनुबन्धसहित रोनाल्डोलाई किन्ने रियलको प्रस्तावमा युनाइटेड सहमत भएको हो । रोनाल्डोको स्थानान्तर रकमले ८ वर्षअघि म्याडि्रडले जिनेदिन जिदानका लागि तिरेको ७ करोड ५० लाख युरोको कीर्तिमान तोडेको छ ।
'म्याडि्रडले विश्व कीर्तिमान मूल्यमा रोनाल्डोका लागि गरेको प्रस्ताव स्वीकारेको छ', म्यानचेस्टरको वेबसाइटमा उल्लेख छ । क्लब छाड्ने रोनाल्डोको चाहनाअनुसार नै उनका प्रतिनिधिसागको छलफलपछि म्याडि्रडको प्रस्तावमा सहमति गरेको इङलिस क्लबले जनाएको छ ।
स्थानान्तरणको सबै कार्य ३० जुनमा सकिने र त्यसबेलासम्म क्लबले कुनै प्रतिक्रिया नदिने म्यानचेस्टरले भनेको छ, 'रकमका बारेमा आगामी दिनमा खेलाडीसाग सहमति जुटाइनेछ ।' लामो समयदेखि रोनाल्डोलाई स्पेनी महारथीले अनुबन्ध गर्न खोजेको हो । स्पेनी क्लबमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजको पुनरागमनसागै २४ वर्षे पोर्चुगाली स्टारलाई बर्नाबाउ लैजाने सबै सम्भावना खुला भएको थियो ।
चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनाको सफलताको कथामा पूर्णविराम लगाउने योजनासहित दुई दिनअघि मात्र ब्राजिली प्लेमेकर काकालाई ६ करोड ५० लाख युरोमा एसी मिलानबाट भित्र्याएको थियो । हाल बिदामा लस एन्जल्समा रहेका पछिल्लो पल्टको विश्व वर्ष खेलाडी रोनाल्डोप्रति रियल म्याडि्रडले तत्काल प्रतिक्रिया दिएको छैन । पाच वर्षे अनुबन्धमा उनलाई म्याडि्रडले वाषिर्क ८३ लाख पाउन्ड पारिश्रमिक दिनेछ ।
डेढ वर्षयता म्याडि्रडप्रति आकषिर्त रोनाल्डोलाई ओल्डट्राफोर्डमै रोक्न सर एलेक्स फर्गुसनले गत वर्ष निकै मिहिनेत गर्नुपर्यो । सन् २००३ मा १ करोड २० लाख पाउन्डमा उनी स्पोर्टिङ लिस्बनबाट म्यानचेस्टर आएका थिए । म्याडि्रड जाने उनको चाहनाले म्यानचेस्टरमा सन् २०१२ सम्मको अनुबन्ध अवधि पूरा नहुने छाट देखिएको थियो । निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका उनको १८ गोलको सहयोगमा यसपालि म्यानचेस्टर पि्रमियर लिगर च्याम्पियन बनेको थियो ।
म्यानचेस्टर सिटीसागको खेलमा आफूलाई सब्स्िटच्युट गरेकामा रिसाएका उनले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासाग हारेपछि प्रशिक्षक फर्गुसनको योजनाको आलोचना गरेका थिए । त्यस यी दुईबीचको सम्बन्ध चिसिंदै आएको थियो । 'बिक्री गरेनौं भने त्यो भाइरस हुनेछ', रोनाल्डोको स्थानान्तरणबारे हालै फर्गुसनले भनेका थिए । रोनाल्डोको तिर्सना मेटाउादै लामो समयपछि मात्र उनलाई बेच्न फर्गुसन राजी भएका हुन् । ७० करोड ऋणले पनि रोनाल्डो बेच्न म्यानचेस्टर राजी भएको हो । रेड डेभिल्सको जर्सीमा १ सय १८ गोल गरेका उनको अभाव पूर्ति गर्न म्यानचेस्टरलाई मुस्किल छ । उनी एक्लैले २००७-२००८ को सजनमा ४२ गोल गरेका थिए ।
डेबिड बेकहृयाम सन् २००३ मा युनाइटेडबाट रियल गएपछि फर्गुसनले बेकहृयामको उत्तराधिकारीका रूपमा रोनाल्डोलाई ओल्ड ट्राफोर्डमा प्रस्तुत गरेका थिए । रोनाल्डो १ करोड २० ाख पाउन्डमा पहिलो पटक म्यानचेस्टर आएका हुन् ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












