वर्षासँगै कोसीमा खतरा बढ्दो
सुनसरी, असार २० – एक सातादेखि पहाडी भेगमा वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको मात्रा बढेको छ । एक वर्षकै अवधिमा सबैभन्दा पानीको बहाव शुक्रबार रहेको कोसी ब्यारेज मापन केन्द्रले जनाएको छ ।
साताको लगातार वर्षाका कारण शुक्रबार बिहानदेखि नै पानीको बहाव बढेको र अपाराह्न ४ बजेसम्ममा एक लाख ९० हजार ५४६ क्युसेक प्रतिसेकेन्ड कोसीमा पानीको बहाव रहेको केन्द्रले जानकारी दिएको हो ।
गत वर्ष भदौ २ गते सुनसरीस्थित पश्चिम कुशाहा-४ मा रहेको पूर्वी तटबन्ध भत्किँदा सो समयमा एक लाख ६७ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकोमा शुक्रबार एकाएक २४ हजार क्युसेक पानी बढेर एक लाख ९० हजार ५४६ क्युसेक प्रतिसेकेन्ड बहाव आएपछि सुनसरीमा गत वर्ष विस्थापित भएकाहरू त्रसित बनेका छन् ।
कोसी नदीमा वर्षकै अत्यधिक पानी भएपछि सुनसरीस्थित बराह क्षेत्र गाविसका-९ देखि १३ नम्बरसम्मका स्परहरूमा कटान सुरु गरेको छ।
बिहीबार मात्र मधुवन गाविसस्थित १८८१ नम्बरको स्परमा कटान सुरु भएपछि भारतीय प्राविधिकहरूले तत्काल काम थालिएकाले सो स्पर खतरामुक्त भएको त्यहाँस्थित खटिएका प्रहरी सहायक निरीक्षक मनोज पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार कोसी ब्यारेजस्थित दुई नहरका चार ढोकासहित ३० ढोका मात्र खोलिएको छ भने पानीको चापले जीर्ण अवस्थामा रहेको ढोका नं. ३, १२ र २८ मा क्षति पुगेको कोसी ब्यारेज प्रहरी चौकीले जनाएको छ ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












