पूर्वी नेपालमा बर्डफ्लू आउन नदिन सतर्कता

in

विराटनगर, असार २० - भारतको पश्चिम बङ्गालमा फेरि बर्डफ्लू देखा परेपछि पूर्वी नेपालमा सो रोग आउन नदिन उच्च सुरक्षा एवम् सतर्कता अपनाइएको छ ।
पश्चिम बङ्गालको दिनाजपुरमा बर्डफ्लू फेरि फेला परेपछि का सीमावर्ती जिल्लाहरूमा उक्त रोग भित्रिन नदिन पशुपंक्षीजन्य वस्तु  रोक लगाइएको छ ।
त्यसकालागि क्षेत्रीय वर्डफ्लू रोग नियन्त्रण समन्वय समिति पनि गठन गरिएको क्षेत्रीय पशुसेवा निर्देशनालय विराटनगरका प्रमुख डा. योगेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।
समितिले पक्षी तथा पंक्षीजन्य पदार्थहरू पूर्वाञ्चलका विभिन्न जिल्लाहरूबाट राजधानीलगायतका अन्य ठाउँहरूमा जाने र आउने गरेकोले र्सार्वजनिक यातायातका साधनबाट ओसारपसार गर्न पूर्ण प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
समितिले आन्तरिक व्यवसायीहरूबाट हुने ओसारपसारमा क्वारेन्टाइन प्रमाणपत्र भएकोलाई मात्र इजाजत दिने बताइएको छ ।