एसीसी महिला टी२० क्रिकेटमा नेपालको रोमाञ्चक जित
काठमाडौँ, असार २० - मलेसियामा सञ्चालन भइरहेको एसीसी महिला ट्वान्टी२० च्याम्यिनसिप क्रिकेट प्रतियोगिताअर्न्तर्गतको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।
दुवै टोलीले निर्धारित २० ओभरमा समान रन बनाएपछि नेपालले सिङ्गापुरलाई बल आउट मा २-१ ले पराजित गरेको हो ।
नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ७९ रन बनाएर सिङ्गापुरलाई ८० रनको चुनौती प्रस्तुत गरेको थियो ।
जवाफमा ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७९ रनमात्र बनाएपछि बल आउटबाट खेलको जितहारको निर्णय लिइएको थियो ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबको क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।
आइतबार नेपाल र कतारबीच मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












