शान्ति सुरक्षाको छिट्टै प्रत्याभूति दिलाइने छ: प्रधानमन्त्री

in

काठमाडौँ, असार २० - प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आपराधिक घटनालाई निर्मूल तुल्याई छिट्टै आम जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने दृढता व्यक्त गर्नुभएको छ ।
अपराधका घटनालाई न्यूनीकरण गर्न र अपराधीको मनोबल घटाउने काममा सरकारलाई सहयोग गर्न सबैसँग आह्वान गर्दै प्रधानमन्त्री नेपालले अपराधीलाई शिविर र पार्टी संरक्षण दिए नेकपा माओवादी आफैँ समाप्त हुने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री नेपालले जुनसुकै राजनीतिक दलसँग सम्बन्ध रहे पनि आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई आफूले छुट नदिने बताउँदै अपराधलाई लुकाउने र ठिक ढङ्गले काम गरेनन् भने अपराध नियन्त्रणको जिम्मा पाएका व्यक्तिलाई समेत सरकारले दण्डित गर्ने प्रतिबदविश्वास दिलाउनुभयो ।
राजधानीको कोटेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हत्या, अपहरण, लुटपाटका घटनालाई निर्मूल गर्न नसकिए सरकारमा बस्नुको अर्थ नहुने बताउनुभयो ।