सरकारको आयु नाप्नुको अर्थ छैन: संचार मन्त्री

in

काठमाडौँ, असार २१ - सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले आफ्नो कामको प्रमुख प्राथमिकता राष्ट्रिय सहमतिको राजनीतिलाई स्थापित गर्ने
रहेको स्पष्ट गर्नुभएको छ ।
 
एकीकृत नेकपा माओवादीतर्फ सङ्केत गर्दै उहाँले यो सरकार नेपालको र्सार्वभौम संसदले बहुमत कायम गरेर निर्वाचन गरेको हो । त्यसैले त्यो विश्वास संसदमा कायम रहुञ्जेल कसैले सडकमा आयु नाप्दै हिँडेर सरकार ढल्ने होइन ।"

वर्तमान प्रधानमन्त्री माधवकुमार नेपाललाई जनताबाट उपेक्षित भन्ने खालका प्रचारबाजी अहिले गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री पोखरेलले
निर्वाचन हारेर नैतिकताका आधारमा राजिनामा दिएर बसेका उहाँलाई संविधान निर्माणका लागि आवश्यकता महसुस गरेर संसदमा ल्याउने तर अहिले आफैले विरोध
गर्ने दोधारे शैली अपनाइएको बताउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो- "माओवादीका अध्यक्ष प्रचण्डले नै माधव नेपालको अपरिहार्यता संविधानसभाका लागि रहेकाले उहाँलाई त्यहाँ पठाउने गरी निर्णय गरिदिन एमालेको केन्द्रीय समितिलाई अनुरोध गरेको चिठ्ठी लेख्नुभएको यथार्थलाई बिर्सिएर अहिले आफै विरोध गरिरहनुभएको छ ।

बाह्रबुँदे सम्झौतापछि पहिलो चरणको शान्तिप्रक्रियाको नेतृत्व गरेर संविधानसभा निर्वाचनसम्म गिरिजाप्रसाद कोइरालाले ल्याउनुभएको र त्यसपछिको
शान्तिप्रक्रियालाई माधव नेपालले समन्वयकारी भूमिकाबाट अघि बढाउन ठूलो योगदान पुर्याउनु भएको पनि मन्त्री पोखरेलले बताउनुभयो ।

मन्त्री पोखरेलले दिगो शान्तिको स्थापनाका लागि वर्तमान सङ्क्रमणकालीन आवस्थालाई जतिसक्दो चाँडै व्यवस्थापन गर्नुपर्ने खाँचो औँल्याउँदै त्यसका
लागि माओवादीले पनि जिम्मेवार ढङ्गले सहयोग गर्नुपर्ने तर्फजोड दिनुभयो ।