माओवादी जनयुद्ध सुरु भएको च्याङ्लीमा डा भट्टराई
गोरखा, असार २१ - वरिष्ठ माओवादी नेता डा. बाबुराम भट्टर्राईले जनयुद्ध सुरुवात भएको गोरखा जिल्लाको स्थल च्याङलीको भ्रमण गर्नुभएको छ ।
२०५२ फागुन १ गते च्याङली गाविस वडा नं. ८ खुमलटारी चुनिघाटमा रहेको साना किसान बैङ्कमा पहिलो आक्रमण भएको स्थल हो । कार्यालय समयमा दिउँसै गरिएको यो कारबाही जनयुद्धको पहिलो भएको नेता भट्टर्राईले बताउनुभयो ।
बैङ्कमा रहेको गरिब किसानका लालपर्ुजा किसानलाई नै फिर्ता गर्ने र तमसुक च्यात्ने काम भएको सो आक्रमणमा प्रत्यक्ष सहभागी भएका स्थानीय कृषक गोपाल
कुमालले बताए ।
भट्टर्राईका अनुसार नेपालका चार ठाउँबाट एकैसाथ कारबाही सुरु गर्ने माओवादीको योजनाअनुसार गरिएको जनस्तरको पहिलो कारबाही यही च्याङलीको
साना किसान बैङ्कमाथिको कारबाही हो ।
रोल्पाको होलेरी, रुकुमको आठविसकोट, गोरखाको च्याङली, सिन्धुलीको सिन्धुलीमाढीमाथि कारबाही गर्ने योजनाअनुसार उक्त काम भएको उहाँले बताउनुभयो ।
जनयुद्धको समयमा भएको फौजी कारबाहीमा यो कारबाही सबैभन्दा बढी महत्वको रहेको माओवादीको ठम्याइ रहेको छ ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












