नौको हत्यापछि मनाङमा गोरखालीलाई जान निषेध

in

गोरखा, असार २१ - यार्सागुम्बा गर्न गएका नौ गोर्खालीको मनाङमा गाउँलेहरूले कुटेर हत्या गरेपछि समूहगत रूपमा मनाङ जान गोर्खालीलाईजिल्ला प्रशासन कार्यालय मनाङले रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले समूहगत रूपमा प्रवेश गर्दा पुनः थप समस्या पर्न सक्ने भएकाले रोक लगाइएको बताउनुभयो ।हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्तिहरूको बयानको आधारमा हालै मनाङमा गोरखाका पाँचजनाको कुटेर हत्या गरिएको र दुईजनाको भाग्ने क्रममाभीरबाट लडेर मृत्यु भएको थियो ।

पक्राउ पर्नेमा नार गाविस वडा नं ६का साङ्गे लामा,वडा नं. ४ का नाङदा धावा लामा, सोना थानसिङ घले,सिङ भिटो लामा ,वडा नं. १ का याङचाङ धावालामा,सोना छिटो लामा र निङ भिटो लामा रहेका छन् । घटनामा संग्लन १३ जनालाई मनाङ प्रहरीले पक्राउ गरेको छ । आफन्तको खोजी गर्न गोरखाबाट मनाङ पुगेका केरौँजावासी मनाङको चामेमा छन् । गोरखा जिल्लाको उत्तरी गा.वि.स. केरौँजाबाट यार्सागुम्बा टिप्न गत वैशाख अन्तिम साता मनाङतिर लागेका नौजना केरौँजाका नागरिकको मनाङवासीले कुटेरहत्या गरेपछि पूरै गाँउ शोकमा डुबेको छ । १६ देखि ३२ वर्ष उमेर समूहका सातजनालाई कुटेर हत्या गरिएको र बाँकी दुइजनाको भाग्ने क्रममा भीरबाटलडेर मृत्यु भएको लमजुङ जिल्लाको घेर्मु गाविसका एक गोठालाले बताएपछि मात्र घटनाको बारेमा जानकारी भएको हो । यसैबीच पीडित समूहले गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीलाई भेटेर घटनाको दोषीलाई कारबाही र पीडित सबैलाई क्षतिपूर्तिदिनुपर्ने माग गरेका छन् ।