नवीकरण नगरेका उद्योग तत्काल खारेज नहुने
बुटवल,असार २१ - उद्योग राज्यमन्त्री दानबहादुर चौधरीले नवीकरण नगरेका उद्योगहरुलाई तत्काल खारेज गर्न नहुने बताउनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देही र उद्योग वाणिज्य सङ्घ, बुटवलले शनिबार आयोजना गरेको औद्योगिक एवम् बौद्धिक सम्पत्ति सचेतनाअभिवृद्धिसम्बन्धी गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । राज्यमन्त्री चौधरीले उद्योग तथा व्यवसायको सुरक्षाको विषयमा चिन्ता व्यक्त गर्दै यस क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर र उद्योगीहरुको संयुक्त प्रयासबाट मात्रै उद्योग, व्यवसायको सुरक्षा हुन सक्ने उल्लेखगर्नुभयो । उहाँले उद्योग दर्ता प्रक्रियामा सुधार गर्न आवश्यक भएको उल्लेख गर्दै उद्योगको सुरक्षा पहिलो प्राथमिकतामा हुनुपर्नेमा जोड दिनुभयो ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












