उत्तरकोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण
Submitted by root on Sun, 07/05/2009 - 21:40
सोल,असार २१ - उत्तरकोरियाले शनिबार पाँचवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी दक्षिणकोरियाले गरेको छ । दक्षिणकोरियाली संयुक्त सेनाध्यक्षका अनुसार प्याङ्याङले आज बिहान पूर्वी तटीय क्षेत्रमा तीनवटा, मध्याह्न एउटा र अपराहृन अर्को एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छोटो दूरीका चारवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दुई दिनपछि उत्तरकोरियाले आज पुन: अरू परिक्षण गरेको गरेको हो । प्याङ्याङको लगातारको क्षेप्यास्त्र परिक्षणले अन्तरराष्ट्रिय समुदायमा तनाव बढ्नुका साथै अमेरिकालगायत पश्चिममा मुलुकहरूले ऊविरुद्ध कडानाकाबन्दीका निम्ति संयुक्त राष्ट्रसङ्घलाई दबाब दिइरहेका छन् ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












