महासचिव बानले प्रजातन्त्रवादी नेतृ सुकीलाई भेटन् पाएनन्
Submitted by root on Sun, 07/05/2009 - 21:42
याङ्गुन,असार २१ - म्यान्मार भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनलाई त्यहाँको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसान सुकीसँगभेटवार्ता गर्ने अनुमति दिन इन्कार गरेको छ । सैनिक शासक जनरल थान स्वेसँगको दोस्रो चरणको वार्तामा महासचिव बानलाई नेतृ सुकीसँग भेट्ने अनुमति नदिइएको जानकारी गराइएको थियो । सैन्य सरकारको निर्णयट आफू अत्यन्त निराश भएको प्रतिक्रिया महासचिव बानले संवाददाताहरूलाई दिएका छन् । शनिबार भएको आधा घण्टा लामो वार्ताको क्रममा जनरल स्वेले आफूलाई "कानुनी प्रक्रियामा हस्तक्षेप नगर्न" विपक्ष दलकी नेतृसँग भेटको अनुमति नदिइएकोजानकारी दिएका माहासचिव बानले बताए । आगामी वर्षका निम्ति निर्धारण गरिएको निर्वाचन स्वच्छ, स्वतन्त्र एवम् पारदर्शीरुपमा सम्पन्न गर्ने वचन सैन्यप्रमुख स्वेले दिएको जानकारीमहासचिव बानले दिए । नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेसनल लिग फर डेमोक्रेसीकी नेत सुकी विगत दुई दशकदेखि बन्दी जीवन बिताइरहेकी छन् । सुकीलगायत प्रजातन्त्रवादी नेताहरूको रिहाइका निम्ति सैनिक सरकारलाई दबाब दिन म्यान्मारको दुई दिने भ्रमणमा महासचिव बान शुक्रबारदेखि यांगुनभ्रमणमा जानुभएको हो ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












