ख्यातिका हत्यारामाथि अदालतमा हातपत

in

काठमाडौँ, असार २१ - ख्याति श्रेष्ठको हत्यामा संलग्न भएका अभियुक्तद्वय वीरेन प्रधान र मेरिना शाक्यलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा म्यादथपका लागि पेस गरेर ल्याउने क्रममा पीडित पक्षका आफन्त र र्सवसाधारणले हातपात गरेका छन् । अभियुक्तद्वयलाई थप १० दिन म्याद थप गरेर फर्किनेक्रममा काठमाडौँ जिल्ला अदालत परिसरमा उपस्थित आक्रोशित भीडले हातपात गरेपछि प्रहरीलेनियन्त्रणमा लिएको उक्त अदालतका श्रेस्तेदार गोपाल बाँस्तोलाले जानकारी दिनुभयो ।