राशिफल
Weekly Horoscope (July24 - July31)
मेष
गलत विचार बढ्नेछ । काममा अवरोध आउनाले मनोबल घट्न सक्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । घरेलु समस्याले सताउला । मन चिन्तित बन्नेछ । आइतबारदेखि परिश्रम गर्नुपरे पनि काममा सफलता हात लाग्नुका साथै धन आर्जन गर्ने अवसर जुट्नेछ । अरूको विश्वास जित्न सकिनेछ ।
वृष
घरेलु समस्याले सताउनुका साथै गलत विचार एवं शत्रु बढ्नेछन् । कुरा काट्नेहरू सक्रिय देखिन्छन् । मन चिन्तित रहन सक्छ । स्वास्थ्य पनि गडबड हुनेछ । झूटा आरोप लगाउने प्रयत्न होला । अपजसको भागी हुनुपर्नेछ । पराक्रमको आडमा केही सफलता प्राप्त होला । धैर्यता कायम राख्नुहोला ।
मिथुन
साता राम्रो छ । अधुरा काम बन्ने तथा नयाँ काम पाइने योग छ । आफन्तहरूबाट सहयोग मिल्नेछ । पराक्रम एवं सोच्ने शक्ति बढ्नेछ । अध्ययनमा सफलता पाउनुहोला । व्यवसाय लाभप्रद रहनेछ । रमाइलो यात्रा हुनसक्छ । विवादबाट टाढै रहनुपर्ने बेला छ । खर्च गर्दा संयम अपनाउनुहोला ।
कर्कट
गलत विचार एवं विवाद बढ्नेछ । धनमाल हराउनुका साथै झूटा आरोप पनि लाग्न सक्छ । घरेलु समस्याले सताउनेछ । अरूको काम धेरै गर्नुपर्ला । जस पाउने सम्भावना कमै देखिन्छ । आइतबारदेखि पराक्रम बढ्ने, अधुरा काम बन्ने तथा नयाँ काम पाइने योग छ । धन आर्जन पनि हुनसक्छ ।
सिंह
मान-सम्मान मिल्नेछ । काममा सफलता पाउनुहोला । बोलीको प्रभाव एवं पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाइने योग छ । धन आर्जन गर्ने अवसर जुट्नेछ । मानसम्मान एवं आफन्तहरूबाट सहयोग प्राप्त हुनेछ । विवादतिर अघि बढ्नु उचित देखिँदैन ।
कन्या
खर्च एवं विवाद बढ्नेछ । मन चिन्तित रहन सक्छ । काममा अवरोध आउनाले मनोबल घट्नेछ । आइतबारदेखि मान-सम्मानका साथै काममा सफलता मिल्ने, धन आर्जन हुने तथा मन प्रसन्न रहने योग छ । अरूको मन जित्न सकिनेछ । भाग्यले पनि साथ दिनेछ । सफलताका लागि संयमित रहनुहोला ।
तुला
धन आर्जन गर्ने अवसर जुट्नेछ । जोस एवं जाँगर बढ्नेछ । सानै प्रयासले ठूलो काममा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्यले पनि साथ दिनेछ । मान-सम्मान पाइने योग छ । आइतबार र सोमबार खर्च, विवाद एवं चिन्ता बढ्नुका साथै काममा अवरोध आउने देखिन्छ ।
वृश्चिक
काममा सफलता प्राप्त होला । धन आर्जन अवसर जुट्नेछ । आफन्तहरूको सहयोग, मान-सम्मान एवं अध्ययनमा सफलता मिल्नेछ । भाग्य बलियो छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाइने योग छ । खर्च एवं विवादले सताउन सक्छ ।
धनु
नैराश्यता एवं उदासिनता बढ्नेछ । काममा अवरोध आउनाले मनोबल घट्न सक्छ । कुरा काट्नेहरू सक्रिय देखिन्छन् । घरेलु समस्याले पनि सताउनेछ । गलत विचार बढ्न सक्छ । अध्ययनमा अवरोध आउनेछ । आइतबारदेखि मानसम्मान मिल्ने, काममा सफलता हात लाग्ने तथा धन आर्जन हुने योग छ ।
मकर
स्वास्थ्य कमजोर रहला । कुरा काट्नेहरू सक्रिय देखिन्छन् । नैराश्यता एवं उदासीनता बढ्नेछ । सानो काममा पनि सफलता पाउन मुस्किल पर्नेछ । शरीरमा चोटपटक लाग्नसक्छ । मंगलबारदेखि मानसम्मानका साथै काममा सफलता मिल्ने योग छ । व्यवसाय बढ्नेछ भने यात्रा पनि हुनसक्छ ।
कुम्भ
यात्रा गर्ने अवसर प्राप्त होला । भेटघाटमा मन रमाउनेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाइने योग छ । अध्ययनमा सफलता हात लाग्नेछ । आइतबार, सोमबार तथा मंगलबार स्वास्थ्य गडबड रहने, घरेलु समस्याले सताउने एवं चिन्ता बढ्ने योग छ ।
मीन
धन आर्जन गर्ने अवसर मिल्नेछ । अधुरा काम पूरा हुनेछन् । नयाँ काम पनि पाइनेछ । व्यवसायमा सफलता हात लाग्नेछ । यात्रा हुनसक्छ । अरूको मन सजिलै जित्न सकिनेछ । बुधबार र बिहीबार स्वास्थ्य गडबड रहने, काममा अवरोध आउने तथा चिन्ता बढ्ने योग छ ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












