Sports

काठमाडौं, साउन २८- नेपाल पौडी संघको सक्रियतामा पौडी पोखरीमा सुरक्षा समबन्धी प्रशिक्षण प्रारम्भ भएको छ। प्रशिक्षण ‘स्विम इन्डिया’ नामक अमेरिकी स्वयंसेवकहरुको संस्थाको सहयोगमा सञ्चालन गरिएको हो।
काठमाडौं, साउन २८- धापासीस्थित ग्रिनल्यान्ड आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।
काठमाडौं, साउन २८- युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मैत्रीपूर्ण सदक दौड बुधबार सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा उक्त दौड आयोजना गरिएको हो।
काठमाडौं, साउन २८- युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘‘दिगोपन: हाम्रो चुनौती हाम्रो भविष्य’’ विषयक एकदिने विचार गोष्ठी जावलाखेलस्थित स्टाफ कलेजमा बुधबार सम्पन्न भएको छ।
काठमाण्डौ, साउन २७। नयाँ बजार क्लबको आयोजनामा आठौं कीर्तिपुर कप उपत्यकाव्यापी अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुुरु हुने भएको छ।
काठमाडौं, साउन २७ गते- नेपाल डार्ट संघ तथा टि्रनिटी इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं, साउन २७ गते। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको पश्चिमाञ्चल समितिको आयोजनामा दोश्रो मनमोहन स्मृति राष्ट्रिय तेक्वान्दो (आईटीएफ) प्रतियोगिता भदौको अन्तिम साता हुने भएको छ।
काठमाण्डौ, साउन २७। थाइल्यान्डको बैंककमा अगस्ट १ देखि ९ सम्म भएको प्रथम एसियाली मार्सल आर्टस् गेम्समा नेपालको कमजोर प्रदर्शन प्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको गम्भिर आपति ब्यत्क गरेको छ।