कहिले भगवान् गौतम बुद्ध भारतमा जन्मेको हो भन्ने, कहिले सगरमाथा पनि भारतकै भूमिमा पर्दछ भनेर संसारभरि प्रचार गर्ने, कहिले नेपाल भनेको भारतको एउटा प्राप्त हो भन्ने गरेको भारतले कालापानी र सुस्ता मिचेको खबर सेलाउन नपाउादै दाङ जिल्लाको पश्चिमी सिमानामा नेपालको भूभाग हडपेर सयौं स्तम्भहरु सारेर, नेपाली चेलीहरुलाई बलात्कार गर्ने, दुव्र्यवहार गर्ने गरेको घटनाले सारा नेपाली जनता स्तब्ध हुन पुगेका छन् ।